This website is for orders and deliveries within Nepal. For orders outside Nepal, visit pilgrimsonlineshop.com →
Pilgrims Book House
Gulzar Kavita

Nepali

Gulzar Kavita

by Gulzar

No ratings yet

Sign in to rate this book.

Rs. 480
● In stock
1
Share:

About this book

तीव्र अनुभूति, सघन चिन्तन, तीक्ष्ण अवलोकन, जिब्रोमै झुन्डिने मिठास र सूक्ष्म कथन गुलजारका कवितालाई प्रभावशाली र बेजोड बनाउने तत्त्व सायद यिनै हुन् । आममान्छे र तिनका दैनन्दिन जिन्दगीका आयामहरू-दुःख र सुख, मुस्कान र रोदन, तेज र तमस, आशा र निराशा आदि-इत्यादि-उनको काव्यकारिताका विषयवस्तु हुन् । यिनै विषयलाई उनले आफ्ना सिर्जनामा आत्मीय र सरल ढङ्गले यसरी अभिव्यक्त गर्छन् कि ती प्रत्येकका साझा अनुभूति बनिदिन्छन् ।

साधारण शब्दको असाधारण प्रयोग गर्न माहिर गुलजारका कविताको केन्द्रमा भने प्रेम बसिरहेको हुन्छ । तर त्यो प्रेम केवल प्रणयको सुकोमल भावना मात्र होइन, सम्बन्धप्रतिको समर्पण, स्मृतिप्रतिको मोह र जीवनका प्रत्येक क्षणप्रतिको सम्मान हो । उनले प्रेमलाई कहिल्यै बोझिलो वा अमूर्त बनाउँदैनन् । बरु त्यसबाटै गहिरो सौन्दर्य निकाल्छन्, जसले पाठकलाई हुरुक्कै बनाउँछन्

You may also like

More in Nepali