पुरुष रूपधारी अनेकौँ पाइन्छन्, तर पुरुष पाउनु गाह्रो छ । म जुन लक्षणहरू भन्दछु, ती लक्षणहरूबाट युक्त मानिस नै यथार्थमा पुरुष हो । तसर्थ पुरुषार्थले सम्पन्न व्यक्ति त्यसलाई मात्र मान्न सकिन्छ जो वीर होस्, जसमा बुद्धि होस्, जोसँग विद्या होस् । यी गुणहरूभन्दा फरक मानिस भनेका पुरुषाभास मात्र हुन्, पुच्छरविनाका पशु हुन् ।’ महाकवि विद्यापति जस्तो कि नामबाटै प्रष्ट छ- पुरुषको गुणस्तर रेखाङ्कित गर्ने वा चिनाउने कथाहरूको सँगालो हो- ‘पुरुष-परीक्षा’ । यसमा पुरुषार्थका विविध आयामहरूको अवलोकन तथा अन्वेषणका माध्यमबाट उत्तम पुरुषत्वलाई उजिल्याउने उपक्रम गरिएको छ । नाम ‘पुरुष-परीक्षा’ भएकाले पुरुषको मात्र परीक्षण होलाजस्तो लागे तापनि यस कृतिमा रहेका सामग्रीहरूले विविध कोणबाट समग्र मानवतालाई नै पर्गेल्ने काम गरेका छन् । यस्तो महत्त्वपूर्ण कार्यलाई रोचक कथाहरूको आवरणमा प्रस्तुत गरिएकाले यो अझ बढी महत्त्वपूर्ण हुन गएको छ । धीरेन्द्र प्रेमर्षि धीरेन्द्र प्रेमर्षिले विद्यापतिप्रणीत संस्कृतको ‘पुरुष-परीक्षा’ लाई नेपालीमा अनुवाद गरेर महनीय कार्य गरेका छन् । यसबाट नेपाली साहित्य समृद्ध भएको छ र पन्ध्रौं शताब्दीको कृतिको नेपालीमा अनुवाद हुनु ऐतिहासिक मूल्यका दृष्टिले पनि महत्त्वपूर्ण छ । अनुवादमा यान्त्रिकता वा कृत्रिमताको न्यूनचाप र स्वाभाविकताको अधिक चापका कारण मौलिक कृति पठनकै स्वाद यस कृतिमा प्राप्त गर्न सकिन्छ । पद्यको अनुवादका केही स्थितिलाई छोडेर यस अनूदित कृतिले मौलिक स्वरूपलाई जीवन्त राखेको छ र यसमा मौलिकता निर्धक्क बाँचेको छ ।
Blue Planet
Bijay Hitan
Phoenix Books Ktm
Chhaya
Jyoti Jungle
Sangrila Books Pvt. Ltd.
Nagarkotika Kathaharu 5 Books Set
Kumar Nagarkoti
Book Hill Publication Pvt. Ltd.
Jackson Height
Maheshvikram Shah
Fineprint Books
12 Khari Utkrista Katha 2081
Nayan Raj Pandey
Aina Madan Puraskar Winner 2072 Bs
Ramlal Joshi
Shukraraj Shastri Ko Chasma
Rajendra Parajuli
Laxmi Katha Sangraha
Laxmi Prasad Devkota
Transworld Publishers
Maatik Lok Maithili Short Stories
Dhirendra Premarshi
Red Panda Books Ktm
Kajol Khatun
Phulman Bal
Fill up your details to notify you when this book will be available