'वैकुण्ठ एक्सप्रेस' नाटककार मोहनराज शर्माको त्यो नाट्यकृति हो, जसले वि.सं. २०४२ को ‘मदन पुरस्कार पाउन सफल भएको थियो । मदन पुरस्कार पाउने अहिलेसम्मको एक मात्र नाट्यकृति पनि हो - ’वैकुण्ठ एक्सप्रेस' । मोहनराज शर्मा बहुमुखी प्रतिभा भएका लेखक हुनुहुन्थ्यो । उहाँले सहित्यका धेरै विधामा कलम चलाउनुभएको पाइन्छ । जहाँसम्म नाटक विधाको कुरो छ उहाँ यस विधाबारे गहिरो जानकारी राख्ने स्रष्टा हुनुहुन्थ्यो । नाट्य-मञ्च र रङ्गशिल्पबारेको उहाँको गहन ज्ञान हामी उहाँका नाटकहरूमा प्रतिफलित बनेको पाउँछौं । उहाँका नाटक मञ्चमा वा भनौ रङ्ग-प्रस्तुतिमा पुगेपछि अझ मुखर बन्ने गर्छन् । हुनलाई 'वैकुण्ठ एक्सप्रेस' पाठ्य-नाटक (Closet Play) का रूपमा पनि उत्तिकै पठनीय साथै मनोरञ्जक रहेको छ तापनि मञ्च नाटकका रूपमा समेत यो उत्तिकै सबल र उपयुक्त छ । तर अहिलेसम्म वैकुण्ठ एक्सप्रेस' नाटकमाथि नेपाली रङ्गकर्मीहरूको सुदृष्टि नपर्नु र यस्तो सशक्त नाटकको एकपटक पनि मञ्चन नहुनु भने विडम्बनापूर्ण छ । अभिव्यञ्जनावादी प्रयोगात्मक शिल्पमा संरचित नाटक 'वैकुण्ठ एक्सप्रेस' नाटककार मोहनराज शर्माको एउटा उत्कृष्ट कृति हो भन्नेमा मलाई कुनै दुविधा छैन ।"
Kohi Kina Barbad Hosh
Vijay Malla
Sajha Prakashan
Masaan Yo Prem Aamako Sapana
Gopal Prasad Rimal
Sunder Swadesh Publications Pvt. Ltd.
Ajugha Baghbhairava Purnanki Natak
Satya Mohan Joshi
Mandala Book Point Kathmandu
Fill up your details to notify you when this book will be available