राणाकालको अन्तिम अन्तिम समयतिर संस्कृत शिक्षा विभागतर्फका तीनधारा पाठशालामा पढ्ने विद्यार्थीहरू विभिन्न माग राखी हडतालमा उत्रिएका थिए। अनि उनीहरूका माग सम्बोधन गर्न तात्कालिक राणा सरकार बाध्य भएको थियो। जयतु संस्कृतम् नाउँ दिइएको यो आन्दोलन मूलतः शैक्षिक भए पनि यसको जरो शासकीय-राजनीतिसँग समेत थोरबहुत जोडिएको थियो। त्यसैले, नेपालको शैक्षिक-राजनीतिक आन्दोलनको इतिहासलाई केलाउँदा जयतु संस्कृतम् आन्दोलनलाई महत्त्वसाथ हेरिन्छ। यो आन्दोलनबारे विभिन्न व्यक्तिले साना-ठूला सामग्री प्रकाशमा ल्याए पनि संस्कृत शिक्षा विभागका तात्कालिक डाइरेक्टर हेमराज शर्माले शासकहरूलाई र शासकहरूले उनलाई लेखेका पत्र हालसम्म सार्वजनिक भएका थिएनन्। मूर्धन्य इतिहासकार महेशराज पन्तले जयतु संस्कृतम् आन्दोलन र संस्कृत शिक्षामा ती पत्रहरू सङ्गृहीत गर्दै सो आन्दोलनलाई पर्गेलेका छन्। नेपालको शैक्षिक र राजनीतिक इतिहासमा चासो र रुचि राख्ने जोसुकैलाई यो पुस्तक उपयोगी हुनेछ।
Nepalma Vidhyalaya Shiksha Samudayikikaran Sabhiyata ra Vipad
LOKRANJAN PARAJULI,DEVENDRA UP, PRATYOUSH ONTA
MARTIN CHAUTARI
NepalMa Vidhyalaya Shiksha Itihas Rajaniti ra Samaj
LOKRANJAN PARAJULI,Devendra Uprety,PRATYOUS ONTA
Vidhylaya Shikshaka Bittiya Aayam
PRATYOUSH ONTA,Devendra Uprety
Nepalko Shaikshik Etihas Pracheen Dekhi Haalsamma
DR. SRIRAM PRASAD UPADHYAY
SUNDER SWADESH PUBLICATIONS PVT. LTD.
Fill up your details to notify you when this book will be available