यसै पुस्तिकाबाट “मेरा यी यावत् कर्म यी थरीथरीका पीडितजनउपर गरिएका कृपा होइनन् । मेरा यी कर्म कसैको हुकुम वा अहनखटनबाट निर्देशित होइनन् । यी सब मेरो आफ्नै विवेकको आदेशबाट निर्देशित हुन् । जीवनको रङ्गमञ्चमा म जे छु, म यस्तो बन्नुमा यी सबै पीडितहरूको एक न एक प्रकारको प्रत्यक्ष वा परोक्ष हात छ । कसैको भौतिक सहयोगको हात होला, कसैको भावनात्मक शुभेच्छाको हात होला, कसैको मङ्गलकामनाको हात होला । जीवनयात्रामा यी कसैले मलाई टुकुटुकु डोऱ्याए होलान्, कसैले मलाई गाँस काटेर खुवाए होलान् । कसैले मलाई आफ्ना भागको अवसर दिए होलान्, कसैले मलाई आफ्नो आयु काटेर दिए होलान् । कसैले जोखिमपूर्ण जीवनपथका खाल्डामाथि आफ्ना ज्यानको फड्के हालेर मलाई तारिदिए होलान्, कसैले मुत्युछेवैको भयावह खतराबाट मलाई बचाए होलान् । जीवनमा म जस्तो छु, यी यावत् जनको भौतिक र आत्मिक साथ र हात एवम् शुभेच्छा र सद्भावले गर्दा नै त म यस्तो छु । जीवनमा शिक्षा र स्वास्थ्य, पहिचान र प्रतिष्ठा एवम् सम्मान र गरिमाका लागि जति अवसर र सुविधा मैल पाएँ, ती अवसर र सुविधाबाट मेरै वरिपरिका कतिकति मानिस वञ्चित छन् । यी सकल पीडित र वञ्चित जनको न्यायको पक्षमा सडकमा यदाकदाको लखरलखर मेरो सामाजिक र नैतिक कर्तव्य हो । जनजनको देखिने र नदेखिने गुनको केवल सानो पैंचो तिराइ हो यो ।”
Ulaar
NAYAN RAJ PANDEY
FINEPRINT BOOKS
Ghamkiri
Furke
KHAGENDRA LAMICHHANE
BOOK HILL PUBLICATION PVT. LTD.
WALLI KO DIARY
Manisha Gauchan
SANGRILA BOOKS PVT. LTD.
Shoi Shoila
PARASURAM GHIMIRE
Sotala
DOR BAHADUR BISTA
HIMAL BOOKS KATHMANDU
Tapan
SHARAD POUDEL
DEVLIN KO CHAKRA
NEVILLE SARONY
VAJRA BOOKS/VAJRA PUBLICATIONS INC. PVT. LTD.
Chitralekha
KOIRALA TARINI PRASAD
LIPI BOOKS
Fulangge
LEKHNATH CHETTRI
Fill up your details to notify you when this book will be available