कल्लेरी, धादिङका नन्दलाल जोशी खतिवडा प्रधानमन्त्री जंगबहादुरको पालामा गाउँका मुखिया थिए । नन्दलालले वि.सं. १९२२ सालमै त्रिशूलीको धार फर्काएर गाउँमा सिँचाइ गरेका थिए । दरबार निकट खतिवडाकी धर्मपत्नीले युवराज त्रैलोक्यलाई दुग्धपान गराएकी थिइन् । त्यसैले उनका छोरा होमनाथ उपाध्याय ९ वर्षकै उमेरमा लेफ्टिनेन्ट भए । ११ वर्षको उमेरमा सुब्बा बने । पछि ३८ सालको काण्डमा परी उपाध्याय छोरासहित स-परिवार बनारस (भारत) निर्वासित भए । बनारसमा राणाविरोधी गतिविधिमा संलग्न उपाध्यायले 'सुब्बा होमनाथ केदारनाथ हितैषी कम्पनी खोली प्रकाशनमा लागे । महाभारत, रामायण, भगवद्गीता, कृष्णचरित्रलगायत धर्मग्रन्थ नेपाली भाषामा छापे । उनै सुब्बा होमनाथ उपाध्यायका नाति तथा केदारनाथ उपाध्यायका छोरा हुन्, रामजी उपाध्याय । बनारसमा जन्मे-हुर्केका रामजी उपाध्याय पनि लेखनमा सक्रिय रहे । उपाध्यायले यो पुस्तक २००७ सालमै प्रकाशित गरेका थिए । यस पुस्तकले नेपालको प्राचीनकालदेखि आधुनिक कालसम्मको इतिहास समेटेको छ । नेपालमा शासन गरेका गोपाल, अहीर, किराँत, सोम, लिच्छवि, नुवाकोटे महासामन्त, कर्णाट वंशदेखि बाइसे–चौबीसे, काठमाडौंका मल्ल, गोरखा-लम्जुङका शाह, पल्लो-नुवाकोट र सतहूँका खाँण तथा पाल्पा, तनहूँ, मकवानपुर र रामनगरका सेन राजाहरूको शासनकाल पुस्तकमा समावेश छ । पृथ्वीनारायण शाहको एकीकरण अभियानदेखि आधुनिक नेपालको निर्माणसम्मका घटनाहरू पुस्तकमा छन् । नेपाल-अंग्रेज युद्ध, भोट (तिब्बत) सँगको युद्ध र सन्धिको विस्तृत विवरण पुस्तकको अर्को रोचक पाटो हो । वि.सं. १९०३ को कोतपर्व, ३८ सालको पर्व, ४२ सालको पर्व, ४४ सालको हनुमाननगर (सप्तरी) काण्ड पुस्तकमा सूचीबद्ध छन् । पुस्तकमा उपाध्यायले राणाकालीन प्रशासनिक संरचनाहरूको विवरण पस्केका छन् । नेपालको इतिहासमा रूचि राख्नेहरूका लागि यो पुस्तक दुर्लभ सामग्री हो ।
Biman Bidhroha Euta Rajnitik Apaharan Bayan
DURGA SUBEDI
KITAB PUBLISHERS PVT. LTD.
Nepalko Pararashtra Sambandha
DR. MADANKUMAR BHATTARAI
IMPRINT PUBLISHERS
Paryalochan
BHASKAR
BIBEK SIRJANSHIL PUBLICATION PVT. LTD.
Madhyakaleen Bhaktapur
KAYASTHA DR. BALRAM
RATNA PUSTAK BHANDAR
Mission Raw Nepal Sandarbha Sahit
R.K. YADAV
MANJARI PUBLICATIONS
Madhesh Ra Madheshi Aandolan
VERMA KRISHNA RAJ
Badamaharajadhiraj Shree 5 Prithvinarayan Shah ko Dibya Upadesh
YOGI NARHARI NATH,BABURAM ACHARYA
FINEPRINT BOOKS
Asahamati 3
SAURABH
BOOK HILL PUBLICATION PVT. LTD.
Bhikshu Byapar ra Bidroha
SUDHEER SHARMA
Janatako Janbaadka Aadharharu
GOPIRAMAN UPADHYAYA
INDIGO INK
Fill up your details to notify you when this book will be available